Flash
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरुका लागि फेरी अर्को मौलिक काँठे गीत बजारमा आएको छ । उक्त गीत राम्जी बुढाथोकीको प्रस्तुति “सिरु फुल्यो सेतै छ” बोलको रहेको छ । बिशेष गरेर एक युवतीको रुपको बर्णन गरिएको यस गीतमा राम्जी बुढाथोकी र सिता खपांगीको सुमधुर स्वर रहेको छ ।
दिपक यात्री आचार्यको लय शब्दमा मेलमिलाप डिजिटल म्युजिक प्रा.लि ले बजारमा ल्याएको यो रमाइलो गीतको म्युजिक भिडियोमा सुरेन्द्र कुमार दाहाल र करिश्मा ढकालको रोमान्चक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन तथा सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2018-12-12