Flash
चलचित्र सुश्री सम्पतिकी नायिका सारा सिर्पालीको र सुनिल क्षेत्री फिचर्ड ‘मायाको पासो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । दिपक कुमार कार्की र मेलिना राइको स्वर रहेको गीत ‘मायाको पासो’मा नेत्र काफ्लेको संगीत छ। भिडियोलाई सुनिल न्यूरेले निर्देशन गरेका हुन् । भिडियोमा निराजन र यूमीको कोरियोग्राफी, बासु न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको छ । भिडियोमा सुनिल र साराको साथमा नेपाली ठिटोजको नृत्य छ ।
Published date : 2018-12-13