Flash
नेपालकै चर्चित डान्स ग्रुप कार्टुन्ज क्रुको नयाँ गीत ‘कपुरी क’ हालै सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा कुन्दन थापाको संगीत रहेको गीतलाई रुपक चौधरीले आवाज दिएका छन् भने उदय राज पौडेलले संगीत सँयोजन गरेका छन् ।
कार्टुन क्रुजको कोरोयोग्राफी रहेको उक्त म्यूजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माका साथमा लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान र पेम्बा मगरको नृत्य रहेको छ । सरोज अधिकारीले निर्देशन गरेको यस भिडियोमा ज्ञानेन्द्र शर्माको छाँयाकंन र बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।
हेर्नुस् भिडियो:
Published date : 2018-12-13