Flash

मुम्बई – बलिउडको हट जोडी रणवीर सिंह र दीपिका पादुकोण पछिल्लो समय आफ्नो विवाहलाई लिएर मिडियामा धेरै चर्चामा आए। उनीहरूले इटालीमा विवाह गरेपछि भारतमा रिसेप्सन आयोजना गरेका थिए। दीपिकाले विवाहको एक महिना पूरा भएपछि हनिमुनबारे बोलेकी छन्।

दीपिकाले भनिन्, ‘तत्काल हनिमुनको कुनै योजना छैन। हामी अहिले फिल्म रिलिजतिर नै आफ्नो ध्यान केन्द्रित गरिरहेका छौं।’ फिल्म सिम्बाको ट्रेलरबारे जानकारी दिँदै दीपिकाले भनिन्, ‘यो फिल्म ब्लकबस्टर साबित हुन्छ। म अहिले रणवीरको यही फिल्ममाथि केन्द्रित छु। यसको रिलिजपछि हनिमुन र जन्मदिनबारे सोचौंला।’

दीपिका–रणवीरको विवाहपछिको सेलिब्रेसन डिसेम्बरसम्म चल्यो तर टाइट वर्क सेड्युलका कारण उनीहरू हनिमुन जान सकेका छैनन्। फिल्म सिम्बाको निर्देशन रोहित सेट्टीले गरेका छन्। फिल्म २८ डिसेम्बरमा रिलिज हुँदैछ। एजेन्सी

Published date : 2018-12-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ