Flash

दोहा, कतार । टिम दिप श्रेष्ठबाट सिडि विजय अधिकारी द भ्वाइस अफ नेपालको पहिलो संस्करणका विजेता बनेका छन्। उनी मञ्चमा विजयी घोषित हुँदा निकै भावुक देखिए।प्रस्तोता सुशील नेपालले भ्वाइसको विजेता घोषाणा गर्न धुर्मुस सुन्तलीलाई स्टेजमा जिम्मा सुम्पिएपछि माहोल एकाएक कौतुहलताको उत्कर्षमा पुग्यो। अगाडि दर्शकको चर्को हुटिङ सुनियो।

सुन्तलीका हातमा विजेताको नाम खामबन्दीमा थियो। उनले त्यो नामको पोको फुकाउँदा टप ४ ट्यालेन्ट्स एकअर्कामा अंकमाल गर्दै तनावमिश्रित अनुहारमा आफ्नो नाम उद्घोष हुने आकांक्षाले धड्कन थामेर उभिएका थिए। भाग्यबस त्यो नाम सिडि विजय अधिकारीको निस्क्यो। अधिकारी दुई हात उठाएर दर्शक र अगाडिका कोचतर्फ झुकेर नतमस्तक बने। उनले स्टेजलाई घुँडा टेकेर चुमे। अगाडिबाट दर्शकले अन्तिम बल लगाएर चर्को हुटिङ दिए।

शुक्रबार दोहाको नेपाली समय अनुसार करिव मध्यरातमा द भ्वाइसको विजेता घोषित गरिएको हो।कोच दिप श्रेष्ठ हर्षविभोर देखिए। बसेको कुर्सीबाट उनी उठे र आफ्नो चेलाकै हाउभाउमा आफ्नो खुसीको क्षण अभिव्यक्त गरे। उनी बाँकी कोचबाट घेरिए र बधाईको अंकमालमा गाँसिए।यसरी नेपालको चर्चित टिभी रियालिटी शो द भ्वाइस अफ नेपालको पहिलो संस्करणले पूर्णविराम लिएको छ।त्यसपछि मञ्चमा के भयो? टिभिमा लाइभ चलिरहेको दृश्यमा पर्दा पछाडीका रोचक पलहरू देखिएनन्, जुन यो भिडियोमा उतारिएको छ।हेर्नुस् विजेता घोषित भएपछि द भ्वाइसको ‘ब्याक स्टेज’मा के भयो?भिडियोः

Published date : 2018-12-16

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ