Flash
युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेको छन् । युवा पुस्ताको सर्बा्धिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल र नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी नब मोडल हुन् सुस्मिता क्षेत्री ।
नृत्य तथा अभिनयमा पोख्त मोडल सुस्मिता सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन् चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । उनी मेहनतका साथ अभिनय र कलालाई अँझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन् चाहने उनको सोच रहेको छ ।
काठमाडौँ को स्थायी बासिन्दा सुस्मिता बिगत केही समय देखि यस क्षेत्रमा आबद्ध रहेर मोडलिङ गदैँ आएकी छन् । हेर्दा पनि निकै आकर्षण मोडल सुस्मिता , हासिरहने शालीन स्वभावकी छिन् । सुस्मिता राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको बताउँछिन् । सानै उमेरदेखि मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने सुस्मिता अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिषरत छिन् । पारिवारीक सदस्यको साथ र सहयोगबाट नै मोडलिङ क्षेत्रमा स्थापित बन्ने उनको सोच रहेको छ ।
Published date : 2018-12-16