Flash

काठमाडौँ पौष ११ – नेपाली कलकारहरुमाथी रेग्मिको प्रहार, बेथिति र बिकृती अनि ठेक्का पट्टाले नेपाली गित संगीतलाइ दिनहु ओरालो तर्फ धकेलि रहेको छ । चर्चामा नरहेका कलाकार न युट्युब रोयल्टी बुझ्छन् न स्टेज पर्फमेन्सको खाम समात्न पाउछन् । उनिहरुको लगानी बालुवमा पानी झै पोखिएको छ र पनि कलाकार बन्ने होडबाजिमा जिन्दगी धरासायी बनाउदै गइरहेका छन् । सिमित ब्यक्तीहरु छन, जस्ले स्टेज र युट्युब भ्युवर्सको आम्दानि दुबै हात पारके छन् । केहि कलाकार ठेकेदारको शिकार भैरहेका छन् ।

हुन त चर्चित ब्यस्त कलाकारहरुलाई पनि ठेकेदारले चुना लगाउन छोडेका छैनन् । पारिश्रमिक तोकेर बोलाए पनी खाम दिने बेला धम्की सहित कैची चलायर खामको बलात्कार नै गरिदिन्छन् । यहि बिसयलाई समेटेर बिन्ध्याबासिनी म्युजिक कम्पनीका संचालक सुबास रेग्मिले “टिके” नामक सांगीतिक कोसेली बजारमा ल्याएका छन् । यो यो सांगीतिक कोसेली कलाकार देखी आयोजक र बिचौलिया कलाकारहरुलाई नराम्रो संग झटारो हानिएको छ । गाउँबाट कलाकार बन्ने सपना देखेर राजधानी पस्ने युबाहरुलाई कसरी मुर्गा अर्थात गित संगीतमा डुबाइन्छ भन्ने कुरा राम्रै संग प्रस्ट पारिएको छ ।

त्यती मात्र हैन, रेग्मिले यहि गितमा तिजे कलाकारहरुलाई पनि रत्यौलीका लुठाहरुको संज्ञा दिदै नमिठो प्रहार गरेका छन । मोड्लिङ क्षत्रका कलाकारलाई पनि तितो व्यंग्य हानेका छन् । रमाइलो लाग्ने यो गीत, संदेश निकै दिन खोजिएको छ । प्रस्तुत गीतलाई शब्द लय एकनारायण भण्डारीले तयार परेका हुन् भने भिडियोमा सुबास रेग्मी स्वयम्ली देखिएका छन् । शंकर बि.सी को निर्देशनमा तयार भएको भिडियोलाई छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-12-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ