Flash
काठमान्डाँै मंसिर २५
चलचित्र विकास बोर्डको अध्यक्ष निकिता पौडेल भएकी छिन् । जेठ महिनाबाट अध्यक्ष नभएको विकास बोर्डमा अहिले निकिता नियुक्त भएकी छिन् ।
मन्त्रीपरिषद्मा बसेको वैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । टिभी फिल्मी, गोपीकृष्ण मुभिज, र नेपाल चलचित्र विकाश कम्पनीको समेत अध्यक्ष रहेकी निकिता बोर्डमा पहिलो महिला अध्यक्ष बनेकी हुन् । जेठ महिनाबाट राजकुमार राइको २ बर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहेको थियो ।
लामो समयदेखि सिनेक्षेत्रमा सक्रिय भएकी निकिताले सिनेमा ‘पर्व’ निर्माण गरेकी थिईनन् । बोर्ड अध्यक्षमा नियुक्त भएपछि निकिताले भनिन् ‘मलाई नियुक्त हुनुभयो भनेर फोन आएको छ । संभवत आज या भोली म नियुक्ती पत्र वुझ्छु होला ।’
Published date : 2017-12-11