Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतमा कलाकारको भेग अनुसार त्यसै भेगको कला संस्कृतिलाई पनि बजारमा ल्याउनु पर्दछ । यसैलाई मध्यनजर राख्दै गायक तथा सर्जक रेशम गिरीको पहिलो प्रस्तुति “गल्कोटे नपुग्या कहाँ छ र”  बोलको गीत हालै बजारमा आएको छ । यस गीतलाई सुन्दा र म्युजिक भिडियो हेर्दा आन्तरिक पर्यटन प्रबर्धनको लागि पनि महत्वपुर्ण भूमिका निर्बाह गर्ने देखिन्छ । एक युवतीको पहिलो भेट गल्कोटे संग हुन्छ र पहिले भेटमा नै माया बसेको प्रसङ्ग लाई बाहिर ल्याइएको यस गीतमा रेशम गिरि र भूमिका गिरीको सुमधुर स्वर सजिएको छ ।

प्रविन थापा र रिना थापा द्वारा अभिनित यस गीतको म्युजिक भिडियोलाई निर्देशन मोडल स्वयम् प्रविन थापाले गरेका हुन् भने निकै रोमान्चक सैलिमा आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ तयार पारिएको यस गीतको म्युजिक भिडियोलाई छायांकन नवराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् । गीतलाई लय तथा शब्द सिर्जना रेशम गिरीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2018-12-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ