Flash

राजु बोहरा–काठमाडौँ । म तिमीलाई आफ्नो जिबन भन्दा पनि बढी माया गर्छु, यो मात्रै त कहाँ हो र, सयौं जुनी सम्म पनि म तिम्रै हुन चाहन्छु । हो यस्तै प्रण गरेका प्रेमी जोडी आज अनायासै अलग बाटोमा लागेको वियोगान्त प्रेमकथा बाहिरिएको छ । लोक तथा दोहोरी गीतको स्वरुपमा बारिएको यस कथामा अर्चना स्यान्ग्तान र कृष्ण घतानीको सुमधुर स्वर सुन्न सकिन्छ । निश्चल मायामा घात पाएका प्रेमी अथवा प्रेमिकाको लागि यो गीत सुन्दा आफ्नै यथार्थता यस गीत संग सम्बन्धित कलाकारहरुले बोलिदिए जस्तै लाग्न सक्दछ ।

ह्वाइट मिडिया प्रालिको प्रस्तुतिमा कृष्ण घतानिको नाममा बजारमा आएको यस गीतलाई लय रामचन्द्र घतानी र शब्द कृष्ण घतानी अनि राम बि.सी ले भरेका हुन् । “पापिनी रैछौ नि” नाममा बजारमा आएको यस गीतको म्युजिक भिडियोमा राजु श्रेष्ठ र अप्सरा खत्रीको जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन राजु श्रेष्ठले गरेका हुन् भने छायांकन नवराज घिमिरे र सम्पादन बिर बहादुर थारुले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

Published date : 2018-12-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ