Flash
राजु बोहरा–काठमाडौँ । हाल मलेसियामा रहेर नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्वृद्धिका लागि जुर्मुराइरहेका बहुप्रतिभासाली सर्जक रमेश परियारको शब्द सृजनामा “रुवाउनु रुवायौ” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । केहि समय अगाडी पानि तुर्की र आँशुको पोखरी बोलको गीतमा आफ्नो सिर्जना पस्किएर त्यस गीतको चर्चा सेलाउन नपाउंदै उनको सृजनाको यो अर्को गीत हो । यो मात्र नभई रमेशले यस अगी पनि थुप्रै गीतहरुमा आफ्नो सिर्जना पस्किएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल भैसकेका छन् ।
स्थायी घर गोर्खा भएका रमेश परियारले केहि गीतको म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । कुनै गीतमा आफ्ना जिबन भोगाई पनि हुन सक्दछन् तर ति जिबन भोगाईलाई कुन गीतमा अटाईएको छ त भन्ने कुरा उनले संचार माध्यम लाई बताउन चाहेनन् । मात्र मेरो जिबन भोगाई समग्र मेरा सिर्जना मन पराउनुहुने श्रोता एवं दर्शकहरुको पनि भाव हुन सक्दछन् भनेर उनले टारेका छन् ।
प्रस्तुत गीतमा लय ऋषि खड्काको रहेको छ भने बिष्णु माझि र बिष्णु पाण्डेको सुमधुर स्वर सुन्न सकिन्छ । कुशल सर्जक तथा गायक ऋषि खड्काको आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक भएको “रुवानु रुवायौ “ बोलको गीतको म्युजिक भिडियोमा छोटो समयमा धेरै दर्शकको उच्च रोजाई बनेका चर्चित मोडेल आशिर प्रताप जंग र सारिका के. सी को दमदार अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन स्मृति तिमल्सिना (गुरुआमा) ले गरेकी हुन् भने छायांकन सुरेश श्रेष्ठ र सम्पादन प्रविन भट्टले गरेका छन् । यो गीत बिष्णु पाण्डेको नाममा बजारमा आएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2018-12-28