Flash
राजु बोहरा–काठमाडौँ । हिउँदको समय छ, यो समयमा कठ्याङग्रिएको शरीरलाई तातो पनको महसुस दिलाउनका लागि भर्खरै मात्रै कृष्ण तामांगको “सरर बतासै चल्यो” बोलको गीत सार्बजनिक भएको छ । गीतको थेगो सुन्दा अझै चिसो पनको मसहुस गराउने हो कि भन्ने लाग्न सक्दछ । तर यस गीतको ताल संगै नाच्दै रमाउदै गर्दा अवस्य पनि न्यानो पनको महसुस हुनेछ ।
यस गीतमा बिक्रम परियार र सम्झना भण्डारीको सुमधुर स्वर सुन्न सकिन्छ । धेरै मर्मस्पसी गीतमा आफ्नो सिर्जना पस्किएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल सर्जक रमेश परियारको यस गीतमा शब्द सिर्जना रहेको छ । यो गीत सुन्दा नै रमेश बहु प्रतिभाका खानि हुन् ।
उनकै लय द्वारा सृंगारिएको यस गीको म्युजिक भिडियोमा रामजी खाड र करिश्मा ढकालको रोमान्चक अभिनय सहित नृत्य देख्न सकिन्छ ।भिडियोलाई निर्देशन मौसम हिमाली, छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2018-12-28