Flash

राजु बोहरा–काठमाडौँ । आफुले माया गरेको मान्छे आफ्नै लागि मात्र समर्पित होस् भन्ने चाहना कसलाई पो हुँदैन र ! हो यस्तै चाहनालाई उजागर गरिएको एक गीत बजारमा आएको छ । खालि भए तिम्रो दिलको दरबन्दी बिज्ञापन नगर जुनिभर नियुक्क्ति देउ भन्दै बजारमा पठाईएको प्रस्तुत गीत बि.एस को प्रस्तुतिमा सार्बजनिक भएको हो । “कमल फुल” नाममा बजारमा आएको यस गीतमा बिमला मगर र भरत भट्ट को सुमधुर स्वर सुन्न सकिन्छ ।

गायिका विमलाले यस अगी पनि थुप्रै गीतहरु आफ्नो स्वर भरेर बजार पठाई सकेकी  छिन् । उनको दुई दिनको जिन्दगि, सालैजो तम्घासै माथि, कौरा उडाई लान्छ मिनी बसैले, आउ है माया दांग घोराही भेट्नलाई, फुलबारी घुम्नलाई बोलको लगाएत दुई दर्जन बढी गीत सफल गीत हुन् ।

राजकुमार बगरको लय र बिध्या थामीको शब्द बाट तयार भएको “कमल फुल” बोलको गीतको म्युजिक भिडियोमा लाल खपांगी मगर र पार्वती राईको रोमान्चक अभिनय देख्न सकिन्छ । प्रस्तुत गीतको म्युजिक भिडियोलाई निर्देशन बुद्ध लामाले गरेका हुन् भने छायांकन रामेश्वर जिरेल र सम्पादन दिपेन्द्र भट्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

Published date : 2018-12-28

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ