Flash

काठमाडौं । गायक सञ्जय गुरुङ र गायिका भीमकला गुरुङको स्वरमा रहेको कौडा गीतलाई टुँडिखेलमा आयोजना गरिएको ल्होसार कार्यक्रमका बीचमा सार्वजनिक गरिएको छ । कार्यक्रमको अवसर पारेर तमु कलाकार संघका अध्यक्ष राजु गुरुङ र वरिष्ठ लोकगायक अमर विरही गुरुङको हातबाट ‘खैजडीको तालैमा’ गीतलाई सार्वजनिक गरिएको हो ।

दिपेन्द्र गुरुङको लय, दिपेन्द्र गुरुङ र सञ्जय गुरुङको शब्दमा तयार भएको यस गीतको म्यूजिक भिडियोलाई उमेश गुरुङले निर्देशन गरेका छन् । भिडियोमा दिपेन्द्र गुरुङ आफैं अभिनय गरेका छन् भने उनको साथमा खेम गुरुङ, काशी घले र मोनिका गुरुङको अभिनय रहेको छ । मधुर बस्नेतको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । भिडियोलाई क्वालिटि फिल्म्सबाट बजारमा सार्वजनिक गरिएको हो ।

Published date : 2018-12-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ