Flash
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीत पारखिहरुको लागि लक्षित गर्दै फेरी अर्को मन छुने लोक दोहोरी गीत बजारमा आएको छ । “कि बिहे गर कि लान्छ अर्कैले” बोलमा सुसजित मर्मस्पर्सी भावले तयार भएको यस गीतमा अहिले प्रबाशमा रहेर नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल र हरेक सांगीतिक मनहरुको ढुकढुकी बन्न सफल रमेश श्रेष्ठ र सावित्री के.सी को सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई लय पनि स्वयम् गायक रमेश ले नै तयार पारेका हुन् भने शब्द हाल दुबैमा रहेका र नेपाली गीत संगीत पारखिहरुको उच्च रोजाई बनेका प्रकाश पुरीले तयार पारेका छन् ।
मंगसिरको महिना छ, आफ्नी प्रेमिकाको बिहेको गर्दिने कुरा घरमा भए पछी’ यता आफ्नो आर्थिक स्थिति र पढाइ पुरा नभएको कारण एक साल कुरा भन्ने जस्तो प्रसंगले भरिएको यस गीतको म्युजिक भिडियोमा राज तामांग निरु कार्कीको लोभ लाग्दो अभिनय रहेको छ ।भिडियोलाई निर्देशन गायक स्वयम् रमेश ले नै गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन रमित ओली ले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2017-12-11