Flash
काठमाण्डौँको बानेश्वर चोकमा ठेलामा मः म बेच्दै गायक बनेका कपिल पौडेलको पहिलो गीत”साला काठमाण्डौँ ”सार्वजनिक गरिएको छ। गायकबन्ने सपना बोकेर काठमाण्डौँ आएका कपिल लामो समय देखि ठेलामा मःम बेच्दै आएका थिए। उनको गायकी क्षमताको युट्युवमाचर्चा भए पछि उनी एकाएक चर्चित भएका थिए। । निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगित रहेको छ।
काठमाण्डौँमा सपना बोकेर आउने युवा र उनले काठमाण्डौँमा पाउने असफलता र दुखबोल्ने गीतमाअभिनेता शिशिर भण्डारीको अभिनय रहेको छ। काठमाण्डौँमा पाएको असफलतामा निरासाव्यक्तगर्न ‘साला काठमाण्डौँमा’भन्ने शब्द राखिएको कपिलको भनाई रहेको छ। सन्तोष खनाल ‘फिल्मीकिरो’को निर्देशनमा बनेको भिडियोमा वाइपि घिमिरेको छायांकन रहेको छ। भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेकाहुन्।
https://www.youtube.com/watch?v=H8sBL4fkXvw&feature=share
Published date : 2018-12-31