Flash
अमेरिकामा बस्दै आएका कलाकार “कर्णवीर”ले नेपाली गीत संगीत प्रेमीहरुलाई मध्यनजर गर्दै आफ्नो एकल आधुनिक एल्बम ”तिम्रो मायाँमा”सार्वजनिक गरेका छन् ।
नेपाली गीत संगीतलाई मायाँ गरी गीति लेखन, गायन संगसंगै कालाकरीतालाई अगाडी बढाइरहेका गायक, गीतकार, कलाकार कर्णवीर बहुप्रतीभाका धनि एक होनहार कालाकार भन्दा फरक नपर्ला– ८ बर्षको उमेर बाट गीत गजल लेखन क्रियाकलापमा आवद्ध भै निरन्तरता दिंदै गायक तथा कलाकारितालाई पनि अगाढी बढाईरहेका गायक कर्णवीरले धेरै समय पछाडी आफ्नो एकल आधुनिक एल्बम सांगीतिक बजारमा ल्याउन सफल भएका छन् ।
अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई मायाँ गर्ने होनहार कलाकार मध्ये गायक कर्णवीर पनि पर्दछन् । उनले पछिल्लो समयमा विभिन्न म्युजिक भिडियोमा पनि अभिनय गर्दै गायन र गीति लेखन कार्यलाई पनि अगाढी बढाएका छन् । यसै क्रममा भर्खरै उनले अमेरिकामा सम्पन्न ‘ग्लोबल नेपाल फिल्म म्युजिक मिडिया शोसल अवार्ड २०१८ ‘को कार्यक्रमका बीच फिल्म क्षेत्रका दिग्गज व्यक्तिहरु तथा सांगीतिक क्षेत्रका माहान हस्तीहरुका बीच आवाजको दुनिया छुट्टै पहिचान बनाएका चर्चित प्रोग्राम उद्घोषक दिनेश डिसी तथा गीतकार, संगीतकार, येदीन गजमेरको हातबाट संयुक्त रुपमा आधुनिक एल्बम बिमोचन गराएका छन् ।
एल्बममा जम्मा जम्मी ६ वटा गीत र बोनसमा एउटा ट्रयाक समावेश गरिएको छ । उक्त एल्बमका सबै गीतलाई गीत/गायककार स्वयम् कर्णवीरले नै रचना गरेका छन् भने, एल्बमका ३ वटा गीतमा गीतकार÷संगीतकार येदीन गजमेरको संगीत रहेको छ । बाँकी ३ वटा गीतमा चर्चित गायक/संगीतकार अनुप रेग्मीको संगीत रहेको छ । उक्त एल्बमको २ वटा युगल गीत तिम्रो मायाँमा,मेरो मनलाई,गीतमा गायक कर्णवीरलाई गायकीमा चर्चित गायिका मेलिना राईले साथ् दिएकि छन् ।
Published date : 2019-01-02