Flash
संगीत सरोबर डट कम–राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो समयमा, समय र श्रोता दर्शकहरुको चाहना अनुरुपका गीत संगीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा अनेकौं सपनाका साथमा गाँसिएको प्रेम सम्बन्धलाई घात भएको एक वियोगान्त प्रेमकथामा आधारित गीत पनि बजारमा आएको छ । सिता खड्का र सन्तोष गिरीको संयुक्त प्रस्तुति “थिएँ खुसि” नामाकरणको साथमा बजारमा आएको यस गीतमा रमेशराज बराइली र सिता खड्काको सुमधुर स्वर सुन्न सकिन्छ ।
गीतलाई निकै मनछुने लय सिर्जना बाट रमेशराज बराइलीले श्रीन्गारेका छन् भने यस गीतमा सिता खड्का र सन्तोष गिरीको घत लाग्दो शब्द रहेको छ । शब्द लय तथा स्वरले मजबुद बनेको यस गीतको म्युजिक भिडियोमा नरेन्द्र आचार्य, प्रनिता के.सी र रामकुमार खतिवडाको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
Published date : 2019-01-06