Flash

नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड एल एल सीको आयोजनामा अमेरिकाको कोलोराडो, डेनभरमा ‘तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८’ भब्य रुपमा सम्पन्न भएको छ। नेपाली चलचित्र र कला क्षेत्रमा योगदान दिने व्यक्ति हरुलाई सम्मान गर्ने उदेश्य बोकेको ग्लोबल नेपाली फिल्म अवार्डले यस वर्ष पनि विभिन्न चलचित्रकर्मी, र कलाकर्मीलाई सम्मान स्वरुप अवार्ड प्रदान गरेको छ । उक्त अवार्डमा सहभागी हुन नेपाल लगायत विश्वभरबाट नेपाली कलाकारहरु कोलोराडो पुगेका थिए ।
जनवरी ५ तारिखमा सम्प्पन उक्त अवार्डमा लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा काम गर्दै आएका मोडेल रन्जन रिजाल कन्ट्रीब्युसन अवार्ड तर्फको उत्कृष्ट म्युजिक भिडियो मोडेलको अवार्ड हात पारेका छन् । नेपाली कला क्षेत्र र सांगीतिक क्षेत्रमा योगदान दिएको भन्दै मोडेल रन्जन रिजाललाइ अवार्ड प्रदान गरिएको हो । मोडेल रिजालले अहिले सम्म करिब ५०० भन्दा बढी नेपाली म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । साथै रिजाल यति बेला चलचित्रमा डेब्युको तयारीमा छन ।

Published date : 2019-01-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ