Flash

काठमाडौं– गीतकार तथा निर्देशक शंकर अधिकारी ‘घायल’को लेखन र निर्देशनमा नेपाली कथानक चलचित्र ‘लव जोन’ बन्ने भएको छ ।
बर्मा फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘लव जोन’मा राजु पौड्यालको प्रस्तुती रहने छ । ओम बहादुर कार्की निर्माता रहने छन् । नेपाली कथानक चलचित्र ‘लव जोन’ मा सम्पुर्ण कलाकार नयाँ रहने निमार्ण पक्षले बताएको छ ।

यस चलचित्रका नयाँ अनुहारमा प्रेरणा बोहरालाई प्रस्तुत गरिँदैछ । चलचित्रमा राजु श्रेष्ठ, राजन श्रेष्ठ, रुबिना थापा, राजु पौड्याल, कमल महर्जन र डिबि लामाको अभिनयरहने छ । त्यस्तै, बिक्रम कार्कीको छायांकन, राजन महर्जन र सुरेस पाण्डेको नृत्य, कुमार कार्कीको प्रोडक्सन रहने छ ।

चलचित्रमा बाबुल गिरीको संगीत, नित्याशिवा, बाबुल गिरी, प्रबिशा अधिकारीको आवाज रहने छ । चलचित्रलाई प्रेम शर्मा पौडेलले सम्पादन गर्नेछन् । यही पौष २९ गतेबाट रामेछाप ओरपरको एरियामा चलचित्रको छायांकन गरिने चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए ।

Published date : 2019-01-08

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ