Flash
प्रथम ”एपिक नेपाल म्युजिक अवार्ड” भोलि अर्थात माघ ४ गते शुक्रबारका दिन ठमेलस्थित छाया सेन्टरमा आयोजना हुने भएको छ । आयोजक संस्थाका अध्यक्ष अमन श्रेष्ठले एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रममा प्रमुख अथितिको को रुपमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थिती रहने कुरा जानकारी गराईएको छ । कुल ६६ विधामा प्रदान गरिने अवार्डमा नेपाली सुगम सङ्गीतका धरोहर भजन सिरोमणि भक्तराज आचार्य र वरिष्ठ लोकगायक कुमार बस्नेतलाई नगद सहित लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने छ ।
यसैगरी समारोहमा विभिन्न संचार संस्थामा लामो समयदेखि क्रियाशील रहेका पत्रकारहरुलाई समेत ”एपिक नेपाल पत्रकारिता सम्मान” बाट सम्मान गरिने छ । जस अन्तर्गत न्युज २४ का रवि लामिछाने, रिपोटर्स क्लबका अधक्ष्य ऋषि धमला, रेडियो काठमाडौं एफएमका चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टाराई, डीसहोम रमाइलो टिभीका बिकास लामिछाने, नेवा अनलाईनका विजयरत्न तुलाधर, हिमालयन टाइम्सका गोपीकृष्ण चौलागाईं, संचारकर्मी तथा गीतकार सानु श्रेष्ठ, सुन्दारादेवी सन्देश साप्ताहिकका किरण अधिकारी, एबिसी टेलिभिजनका विनोद बिक, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारी, म्युजिक खबरकी सविता पोखरेल, पावर न्युजका कमला जोशी, म्युजिक डायरीका तुलसी गिरी ‘भावुक’, ताजा खबर अनलाईन बाट कृष्णा आचार्य रोशनी, प्रकाश साप्ताहिकका दीपक पाण्डे र मिर्मिरे एफएमका राजु बोहरा, बाल गायिका स्मिता दाहाल सम्मानित हुने कुरा कार्यक्रम संयोजक राजेन्द्र पुरीले जानकारी गराएका छन् । समारोह टिभी टुडेबाट प्रत्यक्ष प्रसारण हुने भएको छ भने कार्यक्रम लोकप्रिय संचारकर्मी एवं सिनेकर्मी दिनेश डिसीले संचालन गर्ने छन् ।
Published date : 2019-01-17