Flash
रोशन पोखरेल , काठमाडौँ । प्रथम एपिक नेपाल म्युजिक अवार्ड २०७५ गत शुक्रबार सम्पन्न भएको छ । यस अवार्ड कार्यक्रममा विगत लामो समय देखी म्युजिक भिडियोको छायाँकन गदैँ आएका मुकेश हुमागाईँ ले सर्वोकृष्ट आधुनिक छायाँकार एपिक म्युजिक अवार्ड २०७५ हात पार्न सफल भएका छन् । उनले “फुल सम्झेर ” बोलको गीतबाट सर्वोकृष्ट आधुनिक भिडियो छायाँकार अवार्ड आफ्नो पोल्टामा परेका हुन् । मुकेश ले अवार्ड प्राप्त गरेपछि आफ्ना सम्पूर्ण शुभचिन्तक दर्शक एवं समकक्षी साथिहरुमा र अवार्ड आयोजक प्रति धन्यबाद ब्यक्त गरेका छन् ।
यस अवार्ड प्राप्त गरेपछि अझै यस क्षेत्रमा लागेर आफ्नो कला पोख्नका निमित्त उत्साह मिलेको कुरा सारबजनिक गरेका छन् । हामी छायाँकार मुकेशको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।
Published date : 2019-01-20