Flash
ताप्लेजुङ , १७ पौस / मोडलीङ पेशामा छुटै पहिचान बनाईसकेका युवा मोडल जशु याक्खा पछिल्लो समयमा एउटा अत्यन्तै राम्रो स्टोरी मेकर निर्देशकको रुपमा प्रस्तुत भएका छन् ।
निर्देशन बिषयमा गहिरो अध्यन गरेका निर्देशक याक्खाले करिव दर्जन बढी भिडियो निर्देशन गरि सकेका छन्। प्राय सबै भिडियोहरुले चरम सफलता पाएकै देखिन्छ । उनले केहि समय अघिमात्र निर्देशन गरेका एक म्युजिक भिडियो “हिड कान्छी” बजारमा एकाएक भैरल हुदै गइरहेको छ । उक्त भिडियोमा मदन सेलिङ्ग लिम्बुको शब्द, मेलिना राई र सुनिल छिदालको स्वर, उत्तम जङ्ग लिम्बुको संगीत अमृत चापागाईको संपादन र मुकेश हुमागाईले छांयाकन गरेका छन भने चर्चामा रहेकी मोडेल अन्जु चौलागाईं र मदन सेलिङ लिम्बुले अभिनय गरेका छन् ।
निर्देशन बाहेक समाज सेवामा पनि उक्तीनै काम गरिरहेका निर्देशक याक्खाले केही बर्ष अगाडि ताप्लेजुङ अग्नी पीडितलाई पनि लाखौं रकम सहयोग गरेको कुरो पनि एक ताका भाइरल भएको थियो।
अत्यन्तै मिलनसार, फरासिला र सहयोगी भावनाका धनी जसु याक्खाले कहिले बृद्ध-आस्रममा त कहिले बाल-आस्रममा सहयोग गरेको कुरो प्राय उहाँको फेस्बुक मार्फत देख्न पाईरहिन्छ। जे होश उहाँको निर्देशनले अझै दुनियाँको मन जितोस। उहाँलाई धेरै धेरै शुभकामना ।
समग्रमा उत्कृष्ट बनिएको अफिसियल म्युजिक भिडियो मेरो अन्लाइन टिभी प्रा. ली.कोे युटयूव च्यानलमा उपलब्ध छ ।
-भिडियो
Published date : 2019-01-22