Flash

राजु बोहरा–काठमाडौँ । स्थायी घर नेपाल पथरीशनिश्चरे वडा नम्बर ३ र हाल नर्वेमा रहेका गायक गंगा प्रसाद घिमिरेको अर्को लोक सांगीतिक प्रस्तुति “बिन्दास जिउने हो” बजारमा आएको छ । केहि महिना अगाडी मात्रै “पुर्बेली मायाले” बोलको गीत बजारमा ल्याएर चर्चा बटुलेका गंगाको उक्त गीत “नाच मारुनी सहित” यो तेश्रो प्रस्तुति हो । उनले पुर्बेली मायाले बोलको गीतबाटभर्खरै सम्पन्न भएको एपिक नेपाल म्युजिक अवार्ड २०७५ पनि हात पारीसकेका छन् पहिलो सांगीतिक प्रस्तुतिले नै यसरी चर्चामा पुर्याएपछी गंगा थप यस क्षेत्रमा रहन हौसिएका छन् ।

गंगा प्रसाद घिमिरेको पछिल्लो पटक बजारमा आएको “बिन्दास जिउने हो” बोलको गीत संदेश मुलक रहेको छ । कुनै पनि पिर बेथालाई रक्सि सेवन गरेर भुलाउने मानिसको सोचलाई बदल्न यस गीतले महत्वपुर्ण भूमिका निर्बाह गर्नेमा उनि ढुक्क रहेका छन् । प्रस्तुत गीतमा गंगा प्रसाद घिमिरे र पार्वतीको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतको भाव जस्तै म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा गंगा आफै देखिएका छन् भने उनलाई आशा खड्का, बिक्रम क्षेत्री र मिंग्मा तामांगको पनि अभिनयमा साथ् मिलेको छ । भिडियोलाई निर्देशन भोजराज काफ्लेले गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन प्रदिप दाहालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-01-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ