Flash

नायिका बर्षा राउत बिहिबार बेलुकी खुशी देखिइन् । आफू अभिनित अर्काे चलचित्रले पनि ५१ दिन मनाएपछि उनी खुशी नहुने कुरै थिएन । उनी अभिनित ‘छक्का पन्जा, जात्रा र छक्का पन्जा २’ले ५१ दिनको यात्रा पुरा गरे । कुनै नायिकाका लागि यो भन्दा खुशीको कुरा अरु के हुन सक्ला र ?

तर, पनि बर्षाको मनमा एउटा कुरा भने खेलिरहेको थियो । उनी, आफू सोलो नायिकाको रुपमा प्रस्तुत भएर हिट चलचित्र दिन चाहन्छिन् । जुन, आजसम्म उनले पुरा गर्न सकेकी छैनन् ।

मिडियाको प्रश्नमा बर्षाले आफू यसैको तयारीमा लागेको सुनाइन् । उनले भनिन्–‘हो, अब चाडै नै तपाइहरु मलाई यस्तो चलचित्रमा देख्न सक्नुहुनेछ । यसैका लागि अहिले म मिहिनेत गरिरहेको छु ।’

उनी, आफ्नो तौल १० केजी घटाउन चाहन्छिन् । अहिलेसम्म, २ केजी तौल घटिसकेको छ । ८ केजी तौल घटाउन भने उनलाई कम्ता सकस परेको छैन । बर्षा भन्छिन्–‘अहिले म खानेकुरा पनि कन्ट्रोल गरिरहेको छु । बरु घरमै बस्छु । नयाँ चलचित्रका लागि तयारीमा छु ।

Published date : 2017-12-17

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ