Flash
बविना बस्नेत , काठमान्डौँ , माघ २१
चर्चित गीतकार शंकर अधिकारी घायलको निर्देशनमा फेरी नया‘ चलचित्र सत्यम् शिवम् सुन्दरम् बन्ने भएको छ । आगामी फागुनवाट सुटिंङ हुने चलचित्रमा कला राईको लगानी रहने छ । छायाँकन विक्रम कार्की, नृत्य राजन महर्जन,संगीत बाबुल गिरी,सन्तोष प्रगाढ,राजेश श्रेष्ठ, गायन नित्याशिवा, प्रविशा अधिकारी,सम्पादन प्रेम शर्मा पौडेलको रहेका छन ।अन्य कलाकार र प्राबिधिकको टुंगो लाग्न बाकीँ रहेको निमार्ण पक्षले बताएको छ । देखेको कुरा सधै सत्य नहुन पनि सक्छ , त्यस्तै सपनामा देखेको कुरा बिपनामा पनि देख्न सकिन्छ भन्ने कुरोको वरिपरी कथानक घुमाएर चलचित्र बनाएको कुरा यस चलचित्रका लेखक पनि रहेको निर्देशक शंकर अघिकारी घायलले बताएका छन् ।चलचित्र बि. जी. बर्मा फिल्मस् को प्रस्तुतिमा बन्न लागेको छ।
Published date : 2019-02-04