Flash

सगुन तमाङ एक सर्जक्,गायक हुन । तामाङ सिन्धुली जिल्लाको बिकट गाउमा बि स २०४३ श्रावण १८ गते सिन्धुली जिल्लाको अमले– २ पटवासमा तीर्थबहादुर स्याङ्तान तथा कान्छीमायाको कोखबाट जन्मनु भएको हो। बि.स. २०६१ सालभन्दा अगाडि देखि नै गीत लेख्नुभएको तामाङले अहिलेसम्म करीब ३० गीतमा स्वर र ३५ गीत लेखिसक्नुभएको छ् । तामाङ जातिगत रुपमा एक संस्कृतिको रुपमा भण्डार नै मानिन्छ भने तमाङ जातिमै म्हेन्दोमाया र सेलो गीतमा सम्मान र एकरुपताको लागि दुबै प्रकारका गीतलाई एकै गीतमा समाबेश गरी एकै ठाउमा नचाउने कोशीसमा हुनुहुन्छ सगुन ।उहाको ब्यक्तिगत जीवन,साङ्गितिक यात्राका बिषयमा गोल्चे सञ्चारको लागि गरिएको कुराकानीको सम्पादित अंश सगुन तामाङ आफ्नै गाउँमा स्कुल सम्मको पढाइ सकाएपछी सिन्धुली बजारमा पढाइको लागी लाग्नु भएको थियो । काठ्माडौमा पढाइकै लागी भर्ना भएतापनी सरकारी जागिर्तर्फ लागेका तामाङ्ले पहिला देखिनै गीत लेख्नुहुन्थ्यो ।त्यसैले गीत लेख्दै गैसकेपछी हौशला र साथिहरुको साथ र सहयोगले गर्दा म यहाँअसम्म आइपुगेको छु उहाँ भन्नु हुन्छ । सङ्गित एउटा जिन्दगीको पाटो हो उहाँ थप्नुहुन्छ आफुले गीत लेखनपछी सगुन तामाङ्ले गायन यात्रा पनि थालेका छन । साङ्गितिक यात्रा बाल्यकालामा आफ्नो ममिले गाउनको लागी पिठ्युमा बोकेर जात्रा वा मेलामा लानुहुन्थ्यो । उहा भन्नुहुन्छ “म आज यो ठाउमा छु मेरो ममिकै प्रेरणाले गर्दा यहाँसम्म आइपुगेको छु । पारिवारिक सपोर्ट पुरै छ म आज गीत गाउन सक्नु नै मेरो ममिको प्रेरणाले गर्दा हो ।” सगुनका ‘सिन्धुली मावर पर्यो मेरो घर…,’ ‘उठ नेपाली, जुट गोर्खाली…,’ ‘मेटिँदैन रैछ यहाँ माया निष्ठुरीको…,’ ‘माया लाग्छ नि हो माया लाग्छ नि…,’ ‘याङ तामाङ…’ लगायत बोलका गीत चर्चित छन् । यतिमात्रै होइन– केही अन्य चर्चित कलाकारले समेत उहाँका गीत गाएका छन् । मेलिना राईले गायकी ‘तिमी हाँस्न सिकाउने मान्छे…’ र फूलकुमार बम्जनले गायका थिए।२०६१ बाट साङ्गितिक क्षेत्रमा सकृय तामाङ्को “माया ठुलो भन्थे दैब्,होइन रैछ माया पनि पग्लिदो रैछ बैसमा” बोलको गीत निकै नै चर्चा चुलिएको थियो। नंया सेलो गीतको तयारीमा हुनुहुन्छ सगुन आजकाल। शब्द र गायन एकै पाटो एकैचोटी बढाउदा आफुलाइ निकै नै सहज भएको उहाँ बताउनुहुन्छ।नेपाली र नेपालीपन बोक्ने देश्प्रेम गीत पनि तामाङको हिट गीत हुन ।”उठ नेपाली, जुट गोर्खाली”जुन गीतमा तामाङले आफ्नो सुमधुर आवाज दिनुभएको छ। तामाङ सस्कृती र संस्कारप्रति झुकाब रहेको गायक एबम सर्जक सगुन तामाङलाई साङ्गितिक यात्रा सफल रहोस हाम्रो तर्फबाट शुभकामना

 

Published date : 2017-12-18

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ