Flash

काठमाडौँ माघ २४ – नेपालमा जातिय भेदभावको अन्त्य भैसकेको कुरा नेताहरुको बोलिमा मात्र सिमित हुन्छ । जति पटक छुवाछुत सम्बन्धी ऐन कानुन बनेतापनी कार्यान्वयन हुन सकेको छैन । जहाँ पनि छुवाछूत अझैपनि यथावत रहेको छ । कतिपय दलितहरुलाई आफ्नो अधिकारको बारेमा थाहा छैन ।

आफ्नो अधिकार कसरी प्राप्त गर्ने, न्यायका लागि कहाँ जाने भन्ने कुराको पनि जानकारी छैन । कतिपय दलितहरुलाई सरकारबाट के कस्तो सुबिधा पाईन्छ भन्ने कुराको समेत जानकार पनि छैन । बिगत देखि हाल: सम्म छुवाछूतको घट्नाहरु पनि नेपालमा घटि रहेका छन् । तर यसलाई कसरी निर्मुल पार्ने भन्ने तर्फ सम्बन्धित निकायको ध्यान गएको छैन । यस प्रती दलित र दलित अधिकारकर्मीहरुको ध्यानाकर्षण हुन जरुरी छ ।

दलित अधिकारका निमित्त नयाँ पृथक गीत “दियो बल्दैन” गीतको माघ २३ गते बिमोचन कार्यक्रम सहित भिडियो सार्वजनिक भएको छ । गायक राजन भुजेल बिश्वकर्माको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको केन्द्रिय अध्यक्ष एबम अधिवक्ता त्रिलोक चन्द बिश्वास बिक रहेका थिए ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा सन्चारकर्मी एबम दलित महिला अभियन्ता सरु सुनार,  राजनितिज्ञ एबम साहित्यकार रणेन्द्र बराईली रहेका थिए भने अतिथिहरु जय शम्भो, भरत बमजन , गणेश परियार, भिम कुसारी, सुसन रामदाम, कृष्ण गदाल लगायत अन्य रहेका थिए । सो कार्यक्रमको संचालन राजकुमार रायमाझीले गरेका थिए । कार्यक्रममा कलाकार र पत्रकारहरुको सहभागिता रहेको थियो ।

सोहि जनचेतनामुलक गीत “दियो बल्दैन” मा प्रकाश बराईली “अभिव्यक्ति” को शब्द रचना रहेको छ भने रमेश बिक्रम रत्नको परिकल्पना र सङ्गीत रहेको छ । यस गीतमा राजन भुजेल बिश्वकर्मा, रमेश बिक्रम रत्न, सुजन बराईली, राजेश बर्देवा, सुनितामी परियार, लक्ष्मी परियार, गीता सेन्चुरी र प्रतिमा बिश्वकर्माको स्वर रहेको छ ।

चर्चित निर्देशक होम धितालको निर्देशन रहेको गीतमा बासु बरालको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रामचन्द्र अधिकारी गोप्ते काजी, रमेश बिक्रम रत्न, अस्मिता राना, जय शम्भो, राजन भुजेल बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनय हेर्न पाईन्छ । यस गीतलाई पछिल्लो समयको ब्यस्त म्युजिक कम्पनी धिताल फिल्मस प्रालिले  बजार ब्यवस्थापन गरेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-02-07

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ