Flash

मल्टिस्टारर फिल्म कागजपत्रको ट्रेलर सार्वजनिक भएको छ । अष्ट्रेलिया जान चाहानेहरुले नक्कली बिवाह गर्ने गरेको कथालाई उठान गरेको फिल्मको ट्रेलर कमेडीले भरिएको छ । केही संवादहरुले फिल्मप्रति कौतहुल्ता जगाउँछ । अष्ट्रेलिया जान  युवायुवतीहरुले बर्तमान परिपेक्षमा के सम्म गर्न सक्छन् भन्ने देखाएको छ कागजपत्रले ।

ट्रेलरमा नाजिर हुसेनसँग नायिका शिल्पा मास्केको प्रेम देखाईएको छ भने अष्ट्रेलिया जानका लागि उनले अभिनेत्री सरिता गिरीसँँग बैबाहिक जीवनमा बाँधिएका कलाकार भोलाराज सापकोेटासँग नक्कली बिवाह गरेकी छिन् । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको यस फिल्मलाई अपिल विष्टले निर्देशन गरेका छन् । फिल्ममा कथा पनि उनकै रहेको छ ।

 

उनले यसअघि झुम्की निर्देशन गरिसकेका छन् । फिल्ममा निर्माताको रुपमा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी रहेका छन् । भने सह-निर्मातामा किरण न्यौपाने र सरस्वती श्रेष्ठ रहेका छन् । फिल्ममा लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मी लगायतका कलाकारहरुको पनि अभिनय  रहेको छ । फिल्म चैत्र ८ बाट अल नेपाल रिलिज हुँदैछ ।

 

Published date : 2019-02-20

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ