Flash

काठमाडौँ : गायक सन्दिप न्यौपानेको नयाँ गीत लालुमाई सार्वजनिक भएको छ । शिव हमालको शब्द तथा लय सृजना साथै गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा रहेको रहेको ‘लालुमाई’ गीत म्युजिक भिडियो सहित भर्खरै सार्वजनिक भएको हो । अहिले यो गित चर्चामा रहेको छ l

प्रकाश भट्टको निर्देशनमा रहेको लालुमाई गीतको भिडियोमा गायक सन्दिप न्यौपाने र श्रृष्टी खड्काको अभिनय रहेको छ । मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

शिब हमालको लय शब्द सिर्जना र अभिनय समेत रहेको नेपाली टिपिकल शब्दको प्रयोग भएको यस गीतमा मोडलहरुलाई पनि मौलिक नेपाली पहिरनमा देख्न सकिने छ । गोदावरीका रमणिय स्थानमा छायांकन भएको यस भिडियोमालाई दर्शक स्रोताले मन पराउने बिश्वास लालुमाई टिमले लिएको छ ।

‘तहल्कै मच्चायो’, ‘पुलिसवाला’, ‘मोहनी रुपैले’, ‘नक्कली मैयाँ’, ‘जवानी’ लगायतका दर्जनौं गीतका गायक तथा मोडल सन्दिप न्यौपानेको पछिल्लो समय स्रोता दर्शकले अत्याधिक रुचाएका कलाकार हुन् । गायन र मोडलिङलाई संगै लिएर अघि बढिरहेका न्यौपाने लोक गीतको क्षेत्रमा अझ परिचित जस्तो देखिएपनि उनि सबै प्रकारका गीतहरु गाउन सक्ने क्षमता राख्ने गायक हुन् भने उनको अभिनयकलाको नेपाली कला क्षेत्रले प्रशंसा गर्दै आएको छ ।

भिडियो हेर्नुहोस :

Published date : 2019-02-21

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ