Flash

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत तर्फ गायन र मोडलिंग क्षेत्र बाट ख्याती कमाउदै सर्वप्रिय बन्दै आएकी मोडल एवं गायिका सिर्जु अधिकारीको पछिल्लो सांगीतिक कोसेली “प्यार प्यार” बोलको गीत भर्खरै बजारमा आएको छ । नेपाली गीत संगीतको क्षेत्र दिन प्रतिदिन धरासाही बन्दै गैरहेको अहिलेको अवस्थामा बिशेष गरी स्टेज कार्यक्रम बाट आफ्नो पहिचान स्थापित गर्न सफल सिर्जुले यस अगी पनि धेरै गीत संगीतहरु बजारमा ल्याइसकेकी छिन् । देश तथा बिदेशका धेरै कार्यक्रममा सहभागिता जनाइसकेकी उनको पछिल्लो पटक बजारमा आएको यस गीतलाई पनि सबै श्रोता तथा दर्शकहरुले मन पराइदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेकी छिन् ।

किन कि अन्य गीत जस्तै यस गीतलाई पनि तयार गर्नमा निकै मेहनत गरेको उनले बताएकी छिन् । प्रस्तुत गीतमा गायिका सिर्जुलाई अहिलेका बहुचर्चित गायक रामजी खांडले स्वरमा साथ दिएका छन् । आशिष म्युजिक म्युजिक प्रालि मार्फत डिजिटल बजारमा आएको यस गीतलाई लय गायक स्वयम् राम्जी खांडले भरेका हुन् भने शब्द नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सर्जक घनश्याम रिजालले गरेका छन् । राम्जी खांड र सिर्जु अधिकारी द्वारा अभिनित “प्यार प्यार” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् । हामी गायिका एवं मोडल सिर्जु अधिकारीको सफल कलाकारिता यात्राको शुभकामना ब्यक्त गर्दछौं । भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2017-12-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ