Flash

कश्मिर पुलवा घटनापछि भारत पाकिस्तानबीचको सम्बन्ध झनै बिग्रिएको छ । पुलवा घटनाको जिम्मेवार पाकिस्तानलाई मान्दै उसले पाकिस्तानलाई दिएको फेवर्ड नेशनको उपाधी खोस्दै , पाकिस्तानी खेलाडीको तस्बिर हटाएर , पाकिस्तानी कलाकारलाई बन्देज लगाएर र ३ नदीको पानी रोकेर आफनो बदला लिईरहेको छ । भारत पाकिस्तानीप्रति आक्रमक बनेपछि पाकिस्तानी जनताहरुको मन पनि भुटिएको छ । आफना कलाकारहरुमाथि बलिउडमा प्रतिबन्ध लगाईपछि पाकिस्तानमा पनि बलिउड फिल्ममाथि प्रतिबन्ध लगाउन माग गरिएको छ ।

भारतपछि हिन्दी फिल्म सबैभन्दा बढि माग भएको र बलिउडको अर्काे ठुलो बजार पाकिस्तान पनि हो । जहाँ फिल्म रिलिज नभए बलिउलाई ठुलो घाटा पर्ने गर्छ । पाकिस्तानका एक नागरिक शेख अलीफले बलिउड फिल्मलाई पनि पाकिस्तानमा प्रतिबन्ध लगाउनु पर्ने माग गर्दे उच्च अदालतमा मुद्दा दायर गरेका छन् । त्यसो त पाकिस्तानमा धेरै पटक बलिउड फिल्ममाथि प्रतिबन्ध लगाईसकिएको छ । तर पाकिस्तानी जनताले नै लुकीलुकी बलिउड फिल्म हेर्ने थालेपछि सरकारले फुकुवा गरेको थियो ।

पाकिस्तानमा पनि धेरै पटक बलिउड फिल्म र च्यानलहरु बन्द हुँदै र फुकुवा हुँदै आएका छन् । बलिउड फिल्मकै कारण पाकिस्तानमा बनेका ठुलो लगानीका फिल्महरु डुब्ने गरेका छन् । पछिल्लो पटक सन् २०१७ मा पाकिस्तानमा बलिउड लगायत अन्य भाषाका फिल्महरु रिलिज गर्ने घोषणा पूर्व प्रधानमन्त्री नवाज सरिफलेले गरेका थिए ।

Published date : 2019-02-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ