Flash

नेपाली सिनेमा क्षेत्रमा लामो समय राज गरेर महानायकको उपाधी पाएका राजेश हमाल यतिबेला सिनेमा क्षेत्रबाट टाढै छन् । शकुन्तला र बाग्मती फिल्म असफल भएपछि पर्दाबाट टाढै रहेका राजेश फेरी पर्दामा फर्कने छाँटकाट देखिएको छैन । उनलाई फिल्महरुको अफरहरु आईरहे पनि भने जस्तो स्क्रिप्ट नपाएको उनको भनाई छ । छिट्टै फिल्म निर्देशनसमेत गर्ने भनिएका महानायकको त्यो कुरा पनि योजनामा नै सिमित हुन्छ की भन्ने आशंका गरिएको छ । यतिबेला विभिन्न कार्यक्रहरुमा उपस्थित हुँदै रियालिटी शोमा व्यस्त रहेका राजेश हमाल यतिबेला फिल्मी पर्दाबाट टाढै रहे पनि उनको योगदानलाई भने भुल्न सकिदैन ।

उनले आफनो करियरमा एक से एक नायिकाहरुसंग काम गरे । करिश्मा मानन्धर र कृष्टी मैनालीसंग उनको जोडी निकै रुचायो तर उनै हमाललाई नेपाली सिनेमा क्षेत्रमा मन पर्ने नायिका नै छैन भनेको सुन्दा भने अचम्म लाग्न सक्छ । हालै जीवनसाथी नामक कार्यक्रममा पुगेका उनले नेपाली सिनेमा क्षेत्रमा आफनो मन पर्ने नायिका नै नभएको बताए । त्यतीमात्र होईन उनले मन पर्ने निर्देशकसमेत छैन भने ।

नबुझेको कुरा तीनै नायिकाहरुसंग काम गर्दे आफनो करियर अगाडी बढाएका राजेश अनि तीनै निर्देशकहरुको सुपरहिट फिल्ममा काम गर्दे महानायक बनेका राजेशलाई मन पर्ने नायिका र निर्देशक नै छैन भन्दा अलिक नसुहाएको जस्तो देखियो । किनकी महानायक जस्तो मान्छेले कुनै नायिका ,निर्देशक मन पर्ने छैन भन्दा अपमान गरिएको जस्तो देखियो । धन्न फिल्म चाही तुलसी घिमिरेले निर्देशन गरेको फिल्म देउता मन पर्छ भने । कमसे कम मन पर्ने नायिका र निर्देशक छैन भन्नु भन्दा सबै राम्रा छन् भन्दा उनको महानायकको उपाधीको पनि इज्जत हुन्थ्यो की ?

Published date : 2019-02-23

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ