Flash

भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ जना बालकहरुले सहभागीता जनाईरहेका छन् । ईटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले शोमा नेपालको नाम चम्काईरहेका छन् । जि टिभीबाट प्रसारण हुँदै आएको आजको एपिसोडमा १२ बर्षीय आयुष केसीले आफनो धमाकेदार प्रस्तुती दिएका छन् । उनले १९४२ अ लभस्टोरी फिल्ममा समाबेश कुमार सानुको आवाजमा रहेको कुछ ना कहो बोलको गीत गाएका थिए । उनको प्रस्तुती निकै सुमधुर थियो ।

जजहरु अमाल मलिक , सान र ऋचा शर्माले प्रशंसा गरेका थिए । जुरीबाट आयुषले ९८ प्रतिशत स्कोर पाए । उनले नेपाली पोशाकमा छातीमा नेपालको झण्डा र शिरमा ढाका टोपी लगाउँदै बिदेशी भुमिमा गीत गाउँदा सबै नेपालीले गर्व महसुस गरेका छन् । उनले गीत गाईसकेपछि नायक अनिल कपुरले पनि आयुषको चर्चा गरे ।

उनले नायिका मनिषा कोईरालासंग १९४२ अ लभस्टोरीमा काम गर्दाको क्षण स्मरण गर्दे आफना ती क्षणहरु पनि सेयर गरेका थिए । सुरशाला आइडलका बिजेता समेत रहेका आयुष भक्तपुरको मोर्डन स्कुलमा कक्षा ७ मा अध्यनरत रहेका छन् । उनी संगित भनेपछि सानैबाट भुतुक्क हुने गर्थे । आयुष चर्चित गायक अमृत क्षेत्रीका संगितका शिष्य । शोमा अन्य भारतीय प्रतियोगीहरु निकै प्रतिभाशाली रहेका छन् त्यसैले आयुषका लागि शोको यात्रा सहज भने हुने छैन ।भोली अर्का प्रतियोगी प्रितम आचार्यले आफनो प्रस्तुती दिनेछन् ।

Published date : 2019-02-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ