Flash

राजु बोहरा–काठमाडौँ । पछिल्लो समय नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका गीत संगीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा गायिका ऋतु के.सी को बिल्कुलै नयाँ लोक दोहोरी गीत “तिम्रो तस्बिर” पनि भर्खरै बजारमा आएको छ । आफुले जिबन भरि संगै जिउने र संगै मर्ने कसम खाएको मान्छेले अर्कैको सिन्दुर सिउँदोमा भरेपछि वियोगमा तयार भएको यस गीतमा अहिलेका बहुचर्चित गायक पुष्कल शर्मा र ऋतु के.सी को सुमधुर स्वर रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा गायिका ऋतु संगै बिमल अधिकारीको अभिनय देख्न सकिन्छ । अभिनयमा मिलन ढकालले पनि उनीहरु द्वयलाई साथ मिलेको छ । यस कारण उनि अबका दिनहरुमा एक दक्ष मोडलको परिचय स्थापित गर्नमा जुर्मुराएकी छिन् । “तिम्रो तस्विर” बोलको गीतमा ऋतु के.सी र राज दर्नालको शब्द सिर्जना तथा राजेशकुमार नेपालीको लय सिर्जना रहेको छ । कुमार के.सी द्वारा निर्देशित भिडियोलाई छायांकन महेश महराले गरेका हुन् भने सम्पादन बिजय तिखातरिले गरेका गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-02-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ