Flash

लभस्टोरीमा फिल्म बनाउन माहिर मानिएका निर्देशक सुर्दशन थापाको करियरमा ठुलो स्थान लिएको फिल्म हो मेरो एउटा साथी छ । उनको डेब्यु निर्देशनमा तयार भएको यो फिल्म दर्शकहरुले अध्याधिक रुचाएको फिल्म हो । यही फिल्मबाट आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी पनि हिट भएको थियो । अब यही फिल्मको पनि सिक्वेल बन्ने भएको छ । आइकोर फिल्मसको व्यानरमा निर्माण हुन लागिरहेको सिक्वेललाई भने दिनेश राउतले निर्देशन गर्ने भएका छन् ।

एक दशकपछि निर्माण हुन लागेको सिक्वेललाई प्रभु सम्सेर राणाले निर्माण गर्न लागेका हुन् । लभस्टोरीमा फिल्म निर्देशन गर्न खप्पिस दिनेशले फिल्मको लागि आफै कथा लेखिरहेका छन् । रोचक कुरा त के छ भने यो फिल्मको पहिलो भागमा सुदर्शनको असिस्टेन्टको रुपमा दिनेश थिए । त्यसपछि उनले आर्यन र नम्रतालाई लिएर नोभेम्बर रेन , क्लासिक जस्ता फिल्म बनाए । सिक्वेलमा आर्यन र नम्रता दोहोरिएलान् वा दोहोरिदैनन् भन्ने चाही पक्का भएको छैन ।

तर पछिल्लो समय दिनेश र आर्यनबीच सम्बन्ध राम्रो छैन त्यसैले पनि यो जोडी दोहोरिने सम्भावना भने निकै कम छैन तर असम्भव भने चाही छैन । यदि सिक्वेलमा आर्यन र नम्रताको जोडी दोहोरिएको खण्डमा भने दर्शकहरु निकै खुसी हुनेछन् । हालै प्रसाद फिल्म निर्देशन गरी सफलतासमेत चाखीसकेका दिनेश अब भने मेरो एउटा साथी छको सिक्वेलका लागि जुटेका हुन् ।

Published date : 2019-02-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ