Flash

बलिउडमा यतिबेला स्टार किड्सहरुको डेब्यु धमाधम भईरहेको छ । स्टार किड्सबीच रोचक प्रतिष्पर्धा भईरहेको बेला बलिउडका चर्चित खलनायक डेनी डेन्जोङपाको छोराले पनि डेब्यु गर्ने भएका छन् । बलिउडमा खतरनाक भिलेनसंगै चरित्र अभिनेतामा निकै रुचाएका डेनीका छोरा रिनजिङले स्क्वाडमाफर्त डेब्यु गर्न लागेका हुन् । एक्सन थ्रिलर जनरामा निर्माण हुन लागिरहेको सो फिल्मका लागि रिनजिङले यतिबेला फिजिकल फिटनेशका लागि निकै मेहनत गरिरहेका छन् । फिल्ममा उनले अनिता राजकी छोरी मालविकासंग स्क्रिन सेयर गर्ने छन्।

कभी खुसी कभी गममा बाल्यकालमा करिनाको भुमिका निर्वाह गरेकी मालविका र रिनजिङ सानै देखिका साथी हुन त्यसैले पनि डेब्युका लागि स्क्रिनमा यी दुईलाई सहज हुने मानिएको छ । साथीसंगै डेब्यु गर्न लाग्दा डेनीका छोरा खुसी छन् । फिल्मको सुटिङ यही वर्षको अप्रिलबाट सुरु हुनेछ । उता मालिविका पनि रिनजिङसंग काम गर्न लाग्दा उत्साहित देखिएकीछिन् । उनले भनिन् “हामी एउटै स्कूलमा पढेका हौं र एउटै सोसल सर्कलमा ठूलो भएका हौंहामी एकअर्काको बर्थडे पार्टी अटेन्ड गछौं र उससँग एउटै फिल्ममा काम गर्नु मेरो लागि एकदमै खुसीको कुरा हो” ।

“ऊ हतियारको बारेमा एकदम जानकार छे, जो स्टोरीलाइनका लागि एकदमै जरुरी छ । फिल्ममा निकै एक्सन र रिनजिङसँग धेरथोर रोमान्स पनि हुनेछ” । फिल्मलाई महिला निर्देशक ज्योति कपूर दासले गर्नेछिन् । रिनजिङकै साथी टाइगर श्रृफ यतिबेला बलिउडमा चर्चित नायक बनिरहँदा रिनजिङलाई पनि सोही स्थान र क्रेज बनाउन निकै चुनौती हुनेछ ।

Published date : 2019-02-27

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ