Flash
झापाका गीतकार दिनेश पोखरेलको पहिलो गीत ”सिन्दुर” सार्वजनिक भएको छ ।पछिल्लो समयका चर्चित एवम लोकप्रिय संगीतकार गैरे सुरेशको कर्ण प्रिय संगीत रहेको गीत”सिन्दुर”लाइ गायिका मेलिना राइको सुमधुर स्वरमा सुन्न सकिन्छ भने गीतलाई सुदिप सागरले संगीत संयोजन गरेका हुन।यो गीतमा अन्य नेपाली लभ सङ्समा भन्दा बिल्कुलै फरक शैलीको प्रस्तुति गरिएको छ ।सम्पदा बाँनिया र बिनोद न्यौपाने फिचर्ड गरिएको म्युजिक भिडियो युवराज वाइबाको निर्देशन, उत्सव दाहालको सिनेमाटोग्राफी र बिकाश दाहालको सम्पादन रहेको छ ।भिडियोलाई ओ एस आर डिजिटलको यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । झापा स्थायी घर भई हाल बेल्जियममा रहेका गीतकार पोखरेलको संगीतकार गैरे सुरेशको एकल संगीतमा छिट्टै नै गीती एल्बम ल्याउने तयारीमा छन। करिब २ दशक देखि नेपाली सागीतिक छेत्रमा लगातार लागी आफ्नै फरक पहिचान बनाउन सफल सशस्त्र प्रहरी बलमा डीएसपी पदमा कार्यरत संगीतकार गैरे सुरेशले करिब ५०० वटा भन्दा बढी गीतमा संगीत भरिसकेका छ्न ।
Published date : 2019-03-03