Flash

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको खेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी गायिका बसन्ती लामा शेर्पाको आधुनिक गीत “मायाको देशको राजा” भर्खरै सार्बजनिक भएको छ । उनले यस अगी पनि निकै कर्णप्रिय गीत संगीतहरु बजारमा ल्याएर अशंख्य श्रोता दर्शकहरुको मन जित्न सफल भैसकेकी छिन् । अहिले लाई आफ्नो जिबन धान्नको लागि नया कुनै पेशामा रहेपनि उनि भन्छिन् म बरु खानको लागि गाँस छोड्न सक्छु तर संगीत बिना आफ्नो जिबनी यात्रा सोच्न सक्दिन, त्यसैले आगामी दिनमा यहि क्षेत्रलाई आफ्नो दैनिकी सुम्पिएर अगाडी बढ्ने पनि उनले बताएकी छिन् ।
गायिका बसन्ती लामा शेर्पाको सुमधुर स्वरले सजिएको यस गीतलाई दिनेश सुबेदीले शब्द रचना गरेका हुन् भने संगीत सयोजन तथा संगीत बाबुल गिरीले तयार पारेका हुन् । निकै रोमान्चक सैलिमा तयार भएको र गीतको भाव जस्तै म्युजिक भिडियोलाई पनि निकै आकर्षक बनाएर सार्बजनिक गरिएको छ । भिडियोमा मोडेल सपना केसी र एसएलएस (sls) को अभिनय देख्न सकिन्छ । “मायाको देशको राजा” बोलको गीतको म्युजिक भिडियोलाई दृश्य निर्माण दिपक एण्ड किसमत फिल्मी चक्करले गरेका भने छायांकन अनिल पुनले गरेका छन् ।
यस गीतको म्युजिक भिडियोको निर्देशक संगीत सागर र सह-निर्देशन सिवानी सागरले गरेकी हुन् । प्रस्तुत गीतमा गायिका लामालाई राज सरगमले साथ दिएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2017-12-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ