Flash

कुनै समय नेपाली सिनेमा क्ष्त्रेमा लोकप्रिय एवं चर्चित बनेका नायक हुन दिलिप रायमाझी । साइड डान्सर हुँदै हिरो बनेका दिलिपको एक्टिङ , डान्सिङ स्किलको प्रशंसा आज पनि दर्शकहरु गर्छन् । दपर्ण छाया , भानुभक्त , सुपरस्टार , लगायतका चर्चित फिल्महरुमा काम गरेका दिलिप पछिल्लो समय पर्दामा भने देखिएका छैनन् । छिटफुट उनका १/ २ फिल्महरु रिलिज त भए तर तीनले दर्शक पाउनै सकेनन् । यसबीचमा उनी विभिन्न डान्स वेस कार्यक्रमहरुमा व्यस्त रहेका छन् । केही समय अगाडी सपरिवार अमेरिका हानिएका दिलिपको व्यस्तता कार्यक्रमहरुमा बढ्न थालेपछि उनी अहिले नेपालमै छन् ।

नव नायकहरुको दबदबा रहे पनि दिलिपको धमाकेदार कमव्याक होस भनेर चाहाने दर्शकहरु धेरै छन् । यही दर्शकहरुको चाहानालाई मध्यनजर गर्दे दिलिप अब फिल्म निर्माणमा होमिने भएका छन् । उनले किरण केसी र शिवहरी पौडेलसंग मिलेर फिल्म निर्माण गर्न लागिरहेका छन् । जुन फिल्मको छिट्टै औपचारिक घोषणा ह्ँदैछ । हाल फिल्मको स्क्रिप्टमा काम भईरहेको छ । फिल्मको निर्देशन शिवहरीले गर्नेछन् । जसले यसअघि चर्चित हाँस्य टेलिश्रृङखला जिरे खुर्सानी निर्देशन गरेका थिए ।

कमेडी बेसमा नै निर्माण हुन लागिरहेको उक्त फिल्मका लागि कलाकार छनौट भईसकेको छैन । दिलिप भने अभिनयमा पक्का हुनेछन् । हाल नाम तय नभईसकेको उक्त फिल्म आउँदो दशैं वा तिहारमा रिलिज गर्ने तयारी रहेको छ । जेहोस कुनै समयका चर्चित नायक , पछिल्लो समय एकपछि अर्काे गर्दे हिट फिल्म निर्माण गरिरहेका किरण केसी र डेब्यु निर्देशनमा उत्रिन लागेका शिवहरीबीचको यो कम्बिनेशन दर्शकहरुका लागि प्रतिक्षाको बिषय हुनेछ ।

Published date : 2019-03-19

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ