Flash
काठमाडौं । सुजन खत्री अभिनित पप गायक सबिन लामाको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। धादिंङ महादेवबेसीका लोकप्रिय पप गायक सबिन लामा आफनो नयाँ गीतको म्युजिक भिडियो सहित पुन नेपाली सांगीतिक बजारमा आएका छ्न । आफ्नै शब्द , संगीत र स्वरमा रहेको नयाँ गीत‘लै बरी लै’को म्युजिक भिडियोलाई सबिनले बिहिबार साझ देखि ओ एस आरको यु ट्युब मार्फत डिजिटल बजारमा ल्याएका हुन् । गीतको भिडियोलाइ रमणीय स्थानहरुमा छायांकन गरिएको छ । करिब २० ७० साल देखि नेपाली सांगीतिक छेत्रमा लागेका लामा पछिल्लो समय स्वदेश एबम बिदेशका विभिन्न सांगीतिक कार्यक्रमहरुमा समेत ब्यस्त रहेका छ । अब छिटै २/३ गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक गर्ने तयारीमा रहेका लामा गीतहरुको छायांकन एवंम पोस्टप्रोडक्सनको काममा ब्यस्त रहेको जानकारी दिए ।
धादिंङ महादेवबेसी स्थायी घर भई हाल काठमान्डौको मनमैजु स्थित हिले टोलमा बस्दै आएका भएका गायक लामाले डोरेमी सगीत पाठशालाबाट भानुभक्त ढकालसंग संगीतमा २ बर्षे कोर्ष गरेर औपचारिक रुपमा सांगीतिक छेत्रमा होमिएका हुन् । उनले राष्ट्रिय गीत ‘नेपाल जिन्दावाद’बाट २०७३ मा इमेज अवार्ड समेत पाइसकेका छन।
Published date : 2019-03-20