Flash

राजु बोहरा–काठमाडौँ । केहि समय अगी सम्म नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिकृति आयो, कलाकारहरुले मौलिकता भिले भन्ने किसिमको टिप्पणीहरु आइरहंदा पछिल्लो पटक धेरै गीतहरु आफ्नै कला संस्कृति र मौलिकता भित्र तयार हुन् थालेका छन् । सोहि क्रममा यति बेला सुरेन्द्र न्यौपानेको “काफल पाक्यो” बोलको गीतले पनि बजार तताईरहेको छ । प्रस्तुत गीतमा अहिलेकि लोकप्रिय गायिका टिका पुन र सुरेन्द्र न्यौपानेको सुमधुर रहेको छ । गीतलाई लय तथा शब्द सिर्जना उनै मौलिक गीत संगीतका खानि मिन प्रकाश ओलीको रहेको छ ।

गीतको अडियोको मिठासता जस्तै म्युजिक भिडियोलाई पनि निकै आकर्षक बनाएर डिजिटल बजारमा सार्बजनिक गरिसकिएको छ ।भिडियोमा भुपेन्द्र डाँगी, अन्जली अधिकारी, सुरेन्द्र न्यौपाने र अम्बिका वास्तोलाको अभिनय देख्न सकिन्छ । “काफल पाक्यो” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन जनक अधिकारी र सम्पादन मिलन बिस्वकर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Published date : 2019-03-22

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ