Flash

लन्डन — बेलायतको सुन्दरी प्रतियोगिता मिस इंग्ल्यान्ड २०१९ का लागि एक नेपाली मैदानमा उत्रिएकी छन् । अल्डरसट निवासी प्लोर प्लान आर्किटेक्ट २५ वर्षीया प्रतिष्ठा राउतले मिस इंग्ल्यान्ड फोटो हिटमा प्रतिस्पर्धा गर्दै छिन् ।

फोटो हिट फाइनलिस्टमा पुगेकी प्रतिष्ठाले आफूलाई मत दिन अपिल गरेकी छन् । पब्लिक भोटले उनलाई मिस इंग्ल्यान्ड प्रतियोगितामा प्रवेश गराउनेछ । पब्लिक भोट सुरु भइसकेको र यसको समयसीमा ९ अप्रिलमा समापन हुने उनले बताइन् ।कान्तिपुरमा खबर छ ।

आगामी जुन २०१९ मा हुने प्रतियोगताको सेमिफाइनलमा पुग्न प्रतिष्ठालाई पब्लिक भोट आवश्यक छ । सेमिफाइनल पुग्ने प्रतियोगीले स्पोर्टस् एन्ड इको फेसन राउन्डमा सहभागिता जनाउन पाउनेछन् । मिस इंग्ल्यान्ड उपाधि जित्ने प्रतियोगीले २५ हजार पाउन्ड बराबरको पुरस्कारसहित होली-डे प्याकेज र मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने आयोजकले जनाएका छन् । तृष नामले समेत चिनिने प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् । भूपू ब्रिटिस गोर्खा बाबुकी एक्ली छोरी उनले १७ वर्षमै मोडलिङ थालेकी हुन्

Published date : 2019-03-24

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ