Flash
काठमाडौ । म्युजिक भिडियो निर्माणमा सक्रिय रहेका राज कुमार महर्जन निर्देशनसँगै अभिनयमा प्रवेश गरेका छन् । उनले हालै पछिल्लो समय म्युजिक भिडियोमा अभिनय पनि गर्न थालेका हुन् ।
यसैक्रममा मित्र के.सी.को शब्द,संगीतमा रहेको ‘धनले सबै किन्न पाए कति खुशी किन्थे’ बोलको गीतको भिडियो निर्माण भएको हो । यस गीतको म्युजिक भिडियोलाई नारायण मगरको निर्देशन रहेको छ भने, एकान्त मगरको छायाँकन छ । भिडियोमा सुवर्ण श्रेष्ठ, राजकुमार महर्जन, संस्कृति श्रेष्ठको अभिनय रहेको छ ।
Published date : 2019-03-25