Flash

काठमाडौं । सौन्दर्य प्रतियोगितालगायतका इभेन्ट आयोजना गर्दै आएका आयोजकहरुले डेढ दशकभन्दा बढी समयदेखि विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबवहादुर कार्कीको अध्यक्षतामा कार्यक्रम व्यवस्थापन संघ नेपाल गठन गरेका छन्।

पेशागत हकहितका निम्ति सांगठनिक रुपमा अघि बढनुपर्छ भन्ने सोचका साथ यस पेशामा आवद्ध रहेकाहरु एकजुट भई संघ गठन गरिएको शनिबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष कार्कीले जानाकारी गराए। प्रमुख अतिथि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री क्रिपासुर शेर्पाले संघले यो क्षेत्रलाई व्यबस्थित गर्दै अगाडि बढाउनु संघको दायित्व हुने बताए।

संघमा उपाध्यक्ष शान्ता कुमारी तामाङ, महासचिव सावित्री ढुंगााना, प्रवक्ता सरोज ओझा, सचिव सोनीत राज ढुंगेल, सहसचिव डेविल सिहं राजपुत, कोषाध्यक्ष राज लुईटेल, सहकोषाध्यक्ष टेकराज पाण्डे रहेका छन्। मोनीत महर्जन, तृष्णा गुरुङ, प्रदिपराज वन्त, सुरज थापा, सपना राई, अशोक तामाङ सदस्य तथा गोकर्ण लामिछाने, राजिव दियाली, सविना श्रेष्ठ, समिर लामा, पासाङ शेर्पा, पवन कोईराला र नारायण थापा संस्थापक सदस्य रहेका छन्।

Published date : 2019-03-25

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ