Flash

काठमाडौं, चैत १२ । चन्द्रागिरी नगरपालिका वडा नं ६ मा स्थायी बसोबास गर्दै आइरहेका सन्त प्रसाद श्रेष्ठ र दुर्गा श्रेष्ठका छोरिहरु दुई बहिनी रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउने भएका छन् ।

सो अभियानका लागी गोल्डेन आई डान्स सेन्टरको आयोजनामा चैत्र ११ गते पत्रकार सम्मेलन सम्पन्न भएको छ । सृजना अधिकारीको संचालन रहेको कार्यक्रममा ९० घन्टा २ मिनेट लागातार बोलेर गिनिज बुकमा नाम लेखाउन सफल ब्यक्ती अनन्तराम केसि, हरि चन्द्र लामा लगायत समाजसेवी ब्यक्तित्वहरु र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

रुबिशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार नृत्य प्रस्तुत गर्ने कार्यक्रम २०७६ जेठ ११ र १२ गते हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

Published date : 2019-03-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ