Flash

बेलायत । ‘मिलन च्यारीटी फाउण्डेसन’ले यही चैत १६ गते ‘मिरा साँझ’ आयोजना गर्ने भएको छ।

सुनसरीको शहिद स्मृति आवासीय विद्यालयको सहयोगको लागि गायिका मिलन नेवार र गायक राजन राज शिवाकोटीको संयुक्त साँझ बेलायतको विभिन्न स्थानमा अयोजना गरिने भएको हो।

विद्यालयले गायिका नेवार र गायक शिवाकोटीलाई सद्भावना दुत समेत तोकेको छ। गायिका मिलनले केही समय अगाडि आफ्नो एल्बम विमोचनका क्रममा सामाजिक सेवाको औपचारिक सुरुवात गर्दै ‘मिलन च्यारीटी फाउण्डेसन’को घोषणा गरेकी थिईन्।

फाउण्डेसनको पहिलो कार्यक्रम अन्तर्गत आगामी २० मार्चमा युकेमा मिरा साँझ आयोजना गरीएको नेवारले जानकारी दिईन्। अग्रगामी समुह बेलायत, आदिबासी चलचित्र महासंघ बेलायत र मिलन च्यारीटी फाउण्डेसनको संयुक्त आयोजनामा हुने साँझको संकलित रकम विद्यालयका बालबालिकाको अध्ययनका लागि खर्च हुने छ।

शहिद तथा बेपत्ता परिवारका विद्यार्थीहरु लक्षित गरेर २०६६ सालमा स्थापना भएको बिद्यालयमा ४ सय असहाय विद्यार्थीहरुले सहुलियतमा अध्ययन गरिरहेका छन्।

गायिका मिलन नेवारले ईटहरी उपमहानगरपालिका २५ भवानीपुरमा रहेको यो विद्यालयमा नियमित सहयोग गर्दै आएकी छन्।

Published date : 2019-03-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ