Flash

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा बर्षेनी सयौंको संख्यामा चलचित्र निर्माण हुने गर्छन् तर सफलता भने कमैले मात्रै पाउँछन् । यो बर्ष हेर्नेहो भने ३÷४ वटा चलचित्रले मात्रै व्यवसायिक सफलता हात पारेको छ ।

केहिदिन अघि प्रदर्शनमा आएको चलचित्र ‘क्याप्टेन’ले पनि सोचेअनुरुपको सफलता हात पार्न सकेन । यसैबीच सोमबार एक अर्को प्रतिक्षित चलचित्र ‘यात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । सिने क्षेत्रले नै निकै आशा गरेको यो चलचित्र यात्राको क्रममा आउने उतार चढाव, माया प्रेम र द्वन्द्वको कथामा निर्माण गरिएको छ ।

चलचित्रमा सलिनमान बनियाँले एक भ्लगरको भूमिका निर्वाह गरेका छन् । यो चलचित्रमार्फत सम्राट शाक्यले निर्देशनमा डेब्यु गर्दैछन् । चलचित्रको कथासमेत निर्देशक आफैले लेखेका हुन् । चलचित्रमा सलिनमानसँगै डेब्यू गर्ल मलिका महत, सलोन बस्नेत, प्रेक्षा बज्राचार्य, रेयर राई, जान्वी बस्नेत, विशाल कटुवाल, जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा निर्माता सुशील पोखरेल र कार्यकारी निर्माता सर्जुमान लिगलको लगानी रहेको छ ।

Published date : 2019-03-26

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ