Flash
काठमाडौं। बलिउडमा स्टार अभिनेता हुन् सलमान खान । उनीसँग फिल्म खेल्न अभिनेत्रीहरु मरिहत्ते गर्छन् । तर, एक यस्ती अभिनेत्री छिन् जोसँग उनी फिल्म चाहेर पनि खेल्न सकिरहेका छैनन् । उनी हुन् बलिउड अभिनेत्री दीपिका पादुकोण । उनले बलिउड छिरे यता धेरै हिट फिल्महरु दिएकी छिन् । तर, सलमान खानसँग उनले एउटा फिल्ममा पनि काम गरेकी छैनन् ।
यसै विषयलाई आधार मानेर सलमान खानसँग एक अन्तरवार्तामा प्रश्न गरिएको थियो । सलमान खानले भनेका छन् ,‘म आफैँ अचम्ममा छु कि दीपिकासँग आजसम्म एउटा फिल्ममा पनि काम गर्न पाएको छैन । उनी एक स्टार अभिनेत्री हुन् । उनको अपेक्षा पनि ठूलै हुन्छ । फिल्मको स्टोरी पनि बलियो हुुनु आवश्यक उत्तिकै रहन्छ ।’ उनले थप्दै भने, ‘हामीलाई सँगै कास्ट गर्ने निर्देशक र निर्माता पनि हालसम्म नभएका कारण यस्तो भएको हुनसक्छ ।
Published date : 2019-03-28