Flash

नेपाली सिनेमा क्षेत्रका अहिलेका लोकप्रिय एवं चर्चित नायक अनमोल केसीको आज जन्मदिन परेको छ । मार्च ३० मा बुवा भुवन केसी र आमा सुस्मिता बमजनको कोखबाट जन्मिएका अनमोल होस्टल हुँदै ए मेरो हजुर ३ सम्म आईपुग्दा उनले लोभलाग्दो स्टारडम र लोकप्रियता कमाएका छन् । उनी हाल सिनेमा क्षेत्रका सर्वाधिक महंगा नायकको लिस्टमा पहिलो नम्बरमा छन् । निर्माताहरु उनलाई ५० लाखसम्म पारिश्रृमिक दिन तयार छन् । सुपरस्टारमा बालकलाकारकोरुपमा अभिनय गरेका अनमोल पर्दामा हेर्दा रफटफ देखिएपनि उनी निकै साधारण जीवनशैली अपनाउछन् । कृष्णभक्त अनमोल शाकाहारी हुन् । उनी बिहान बिहान उठेर भगवान कृष्णको पुजा गर्छन् भजन गाउँछन् यो उनको नित्य कर्म हो । लाखौँ युवतीहरुको मनमा बस्न सफल अनमोलको प्रेमको चर्चा नायिका आना शर्मासंग पनि रह्यो ।

आफुलाई अहिले पनि सिंगल बताउँने अनमोलले यसबारेमा कहिल्यै नबोले पनि हालै आनाले एक अन्तरवार्ताको क्रममा यो कुरालाई स्वीकार गरिसकेका छन् । कुर्ता लगाएको युवती देखेपछि भुतुक्क हुने बताउने अनमोल आफुलाई भर्जिन नभएको कुरा पनि बताईसकेका छन् । कुनै समय नायक नभई गायक बन्ने धुन पालेका उनले कलेजमा म्युजिक ब्राण्ड नै खोलेका थिए तर उनी अचानक फिल्म लाईनमा आएपछि हालसम्म उनलाई पछाडी फर्केर हेर्नु परेको छैन । व्याक टु व्याक सफल फिल्म दिईरहेका अनमोलका फिल्महरु कतिपयले भयंकर नाफा नकमाए नी लगानी सम्म सुरक्षित गरेका छन् त्यसैले पनि अनमोल निर्माता निर्देशकहरुको रोजाईमा पर्ने गरेका छन् ।

कुनै समय अनमोललाई अभिनय गर्न नजान्ने ,छक्का , गे लगायतका टिप्पणीहरु हुने गर्थे तर अनमोलको लगातारको मेहनत र प्रयासपछि यतिबेलासम्म अनमोललाई हेर्ने दृष्टीकोणमा निकै फरकपन आएको देख्न सकिन्छ । युवा पुस्ताहरुलाई नेपाली सिनेमा हेर्ने अवस्था सृजना गर्ने श्रेय अनमोललाई पनि जान्छ यसमा दुई मत छैन । त्यतीमात्र होईन हलसम्म जाँदा दर्शक तथा शुभचिन्तकहरुको भिँडमा अनमोललाई जोगाउनै गाह्रो पर्न थालेपछि उनी नै पहिलो यस्ता कलाकार हुन जसलाई हलसम्म जान बडीगार्डको प्रयोग भएको थियो ।

जुन आजसम्म पनि कायमै छ । खुलेआम बाहिर निस्कनको लागि केही कठिनाई हुने भएकोले उनी घर बाहिर निस्कदा भेष बदलेर हिड्ने गर्छन् । बाईकको सौखिन अनमोल विज्ञापनको दुनियामा पनि महंगा नायक हुन् । अनमोलले आफनो अभियन र क्षमतामा निखारता ल्याएका छन् तर पनि उनको यहाँसम्मको यात्रामा बुवा भुवन केसीको ठुलो हात छ । उनी अजुर्नका लागि कृष्ण सारथी बनेजस्तै भरपर्दाे सारथी अनमोलका लागि बने । आफनो फिल्मी करियरमा सन्तोष रहेका अनमोल पारिवारिकरुपमा भने आफुलाई अभागी मान्छन् । आफनो बुवा र आमालाई एकसाथ बनाउन नसकेकोमा पीडा हुने गरेको उनी बताउँछन् । जे होस नेपाली सिनेमा क्षेत्रका यी ह्याण्डसम हंकलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

Published date : 2019-03-30

सम्पर्क ठेगाना

NEPALI SONGSKHABAR .COM
KATHMANDU -ANAMNAGAR
PHONE 9808750580
EMAIL:- [email protected]
For Adv :- 9808750580

सामाजिक सञ्जालमा हामी

हाम्रो टिम

सस्थापक / सल्लाहकार
दिलिप योञ्जन तामाङ ,हाल अमेरिका

कार्यकारी निर्देशक
राजेन्द्र पुरी
डेक्स सम्पादक
बविता श्रेष्ठ
सम्पादक
रोशन पोखरेल
बजार ब्यावस्थापक
अमन श्रेष्ठ
ओम श्रेष्ठ